अहिलेसम्मकै उच्चतम मूल्यमा कारोबार भयो सुन, तोलाकै ९० हजार छ सय

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आइतबार ९० हजार नाघेको छ । सुनसँगै चाँदी पनि उकालो चढ्दैछ ।
आइतबार नेपाली बजारमा सुनको मुल्य तोलाको ९० हजार छ सय रुपियाँमा कारोबार भएको छ ।  आइतबार बजार खुल्दा तोलाको आठ सय रुपियाँले बढ्दै सुन तोलाको साढे ९० हजारभन्दा पनि माथि लागेको हो ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण बन्द रहेको बजार गत आइतबारदेखि मात्रै सञ्चालनमा आएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले लक डाउपछि गत आइतबार खुलेको बजारमा सुनको नयाँ मुल्य ८९ हजार छ सय रुपियाँ  तोकेको थियो जुन एक साताको हाराहारीमा सुनको मुल्य तोलामा एक हजार रुपियाँले बृद्धि भएको छ ।
आइतबार चाँदीको मुल्य पनि पाँच रुपियाँले बढेर प्रतितोला ९४० रुपियाँमा कारोबार भएको छ ।
अन्तराष्ट्रिय बजारमा डलरको मूल्य उकालो लाग्दा अन्तराष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य लगातार उकालो लागिरहेको छ ।

SHARE THIS