सेलपे र भाट्भटेनी मनी ट्रान्सफरबीच आन्तरिक रेमिट्यान्स सेवा दिने सम्बन्धी सहकार्य

काठमाडौं । सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपेले भाट्भटेनीसँग नेपालभरका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य गरेको हो । सहकार्यका लागि सम्झौता पत्रमा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रा.लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार, सुरक्षित, मर्चेन्ट शुल्क नलाग्ने तथा लोयाल्टि पोइन्टसलगायतको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, बिमा रकम भुक्तानी, इएमआई, भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन् कम्पनीले जनाएको छ ।

SHARE THIS