कठमाडौं । पहिल्लो
समय नेपालमा वित्तीय
पहुँच तीब्र रुपमा
बढ्दै गएको छ
। बैंक तथा
वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै
वित्तीय प्रविधिको प्रयोग बढ्दै
गएकोले वित्तीय पहुँच विस्तार
हुँदै गएको हो
।
चालु आर्थिक आर्थिक वर्ष
२०७६÷७७ को
आर्थिक सर्वेक्षण सार्वजनिक संसदमा
सार्वजनिक गर्दे अर्थमन्त्री डा.
युवराज खतिवडाले प्रविधिक कारणले
रोकिएका सात वटा
स्थानीय तहबाहेक सबैमा वाणिज्य
बैंकका न्यूनतम एक शाखा
पुगेको बताउनुभयो ।
२०७६ फागुनमा निक्षेप खाताको
संख्या तीन करोड
१७ लाख ३२
हजार, मोबाइल बैंकिङ
प्र्रयोगकर्ताको संख्या एक करोड
तीन लाख ३५
हजार र इन्टरनेट
बैंकिङ सेवाका प्रयोगकर्ता नौ
लाख ९८ हजार
रहेका छन् ।
पछिल्ला वर्षहरुमा बैंक तथा
वित्तीय संस्थाको शाखा विस्तारमा
उल्लेख्य प्रगति भएको छ
। २०७६ फागुन
मसान्तसम्ममा बैंक तथा
वित्तीय संस्थाको शाखा संख्या
(लघुवित्त समेत) ९६४० पुगेको
छ । सबैभन्दा
बढी वागमति प्रदेशमा
२५०२ र सबैभन्दा
कम कणाली प्रदेशमा
३७९ शाखा रहेका
छन् ।
नेपालको वित्तीय प्रणालीको सम्पत्ति÷दायित्व संरचनामा बैंकिङ
क्षेत्रको हिस्सा बढी रहेको
छ । २०७६
साल पुस मसान्तमा
वित्तीय क्षेत्रको कुल सम्पत्ति÷दायित्व संरचनामा बैंक
तथा वित्तीय संस्थाहरुको
अंश ८८.०१
प्रतिशत रहेको छ । यस्तो सम्पत्ति÷दायित्व
संरचनामा नेपाल राष्ट्र बैंकको
अंश १६.८
प्रतिशत र वाणिज्य
बैंकहरुको अंश ५७.६ प्रतिशत
रहेको छ । बैंकिङ क्षेत्र र
सम्झौतित बचत परिचालन
गर्ने संस्थाहरुको कुल
सम्पत्ति दायित्व कुल गाहस्थ
उत्पादनको १६१.०३
प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन
अनुसार २०७६ असारमा
राष्ट्र बैंकबाट इजाजत प्राप्त
बैंक तथा वित्तीय
संस्थाहरुमध्ये वाणिज्य बैंक, विकास
बैंक र वित्त
कम्पनीहरुमा खोलिएका निक्षेप खाताको
आधारमा ६०.९
प्रतिशत नागरिकमा वित्तीय पहुँच
पुगेको छ ।
साथै सहकारी संस्थामा
करिब २२ प्रतिशत
र लघुवित्तमा १४
प्रतिशत जनताको आवद्घता रहेको
देखिन्छ ।
२०७६ फागुनमा कायम रहेका
वाणिज्य बैंक, विकास बैंक,
वित्त कम्पनी र
लघुवित्तका कुल शाखाको
आधारमा प्रतिशाखा औषत ३०७२
जनसंख्यामा सेवा पुगेको
छ । गत
वर्ष फागुनसम्मको यस्तो
जनसंख्या ३६२६ रहेको
थियो ।
चालु आर्थिक वर्षमा वित्तीय
स्थायित्वका सूचकहरु समग्रमा सबल
रहेका छन् ।
बैंक तथा वित्तीय
संस्थाको निष्कृय कर्जाको अनुपात
भने २०७६ असारमा
१.५ प्रतिशत
रहेकोमा २०७६ पुसमा
१.८ प्रतिशत
पुगेको छ ।
यसैगरी २०७६ फागुन
मसान्तमा बैंक तथा
वित्तीय संस्थाको कुल निक्षेमा
तरल सम्पत्तिको अंश
२२.६ प्रतिशत
तथा मौज्दात अंश
९.९ प्रतिशत
र कुल निक्षेप
तथा प्राथमिक पूँजीमा
कुल कर्जाको अंश
७६.७ प्रतिशत
रहेको छ । जोखिम भारित सम्पत्तिको
तुलनामा प्राथमिक पूँजी र
कुल पूँजीको अनुपात
क्रमश ११.८
प्रतिशत र १३.७ प्रतिशत
रहेको छ ।
वित्तीय सुदृढीकरणमार्फत वित्तीय स्थायित्व हासिल
गर्ने लक्ष्यकासाथ अबलम्बन
गर्दै आएको मर्ज
प्राप्ति नीतिले आ व २०७६÷७७
थप गति लिएको
छ । बैंक
तथा वित्तीय संस्था
गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी
प्रक्रिया शुरु गराएपश्चात
२०७६ फागुन मसान्तसम्म
कुल १८७ बैंक
तथा वित्तीय संस्था
मर्जर प्राप्ति प्रक्रियामा
सामेल भएका छन्
। यसमध्ये १४२
संस्थाको इजाजत खारेज भई
कुल ४५ संस्था
कायम भएका छन्
।
नेपाली अर्थतन्त्रमा वित्तीय प्रगाढता क्रमश
बढ्दै गएको छ
। वित्तीय प्रगाढता
मापन गर्ने सूचकको
रुपमा मानिने विस्तृत
मुद्रा प्रदाय निजी क्षेत्रतर्फ
प्रवाहित कर्जा तथा कुल
निक्षेपको कुल गार्हस्थ
उत्पादनसँगको अनुपात क्रमशः सुधार
भएका छन् ।
आर्थिक वर्ष २०७५÷७६ मा
कुल गार्हस्थ उत्पादनसँग
विस्तृत मुद्रा प्रदायको अनुपात
१०३.६ प्रतिशत
निजी क्षेत्रतर्फ प्रवाहित
कर्जाको अनुपात ८४.१
प्रतिशत र कुल
निक्षेपको अनुपात ९३.५
प्रतिशत रहेको छ ।
२२ प्रतिशतमा बीमा
गत फागुन मसान्तसम्मा करि २२ प्रतिशत जनताको बीमामा पहुँच पुगेको छ । वैदेशिक रोजगार र म्याद जीवन बीमा समेत गणना गर्दा बीमामा करिब २६ प्रतिशत जनताको पहुँच पुगेको अनुमान छ । संघीय संरचना अनुरुप बीमा कम्पनीहरुलाई शाखा स्थापना तथा विस्तार गर्न निर्देशन दिइएकोमा गत फागुन मसान्तमा बीमाको शाखा संख्या जीवन बीमातर्फ १८२७ र निर्जीवन बीमातर्फ ११७० गरी जम्मा २९९७ रहेको छ । गत फागुन मसान्तसम्ममा वागमति प्रदेशमा सबैभन्दा बढी र कणाली प्रदेशमा सबैभन्दा कम बीमकको संख्या रहेको छ ।