वैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिट्यान्स झण्डै एक खर्ब घट्ने




गीता पौडेल
काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिटयान्स आय करीब १० प्रतिशतले घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने देखिएको सरोकारावालाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् । कोरोना कारण धेरैले मुलुकहरले श्रमिक कटौती गरेका छन् ।  फलस्वप बैदेशिक रोजगारीमा गएका नेपालीहरुको कामदाहरु पनि श्रमिक कटौतीमा परेका छन् । जसका कारण यो बर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताउनुभयो ।
गत आर्थिक बर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवमा केन्द्रिय बैकले चाललु आवमा ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरिएको थियो ।  तर, यो बर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रिय बैकको अनुमान छ । “गत बर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह बृद्धि भएको थियो, यो बर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा  पुग्ने अनुमान गरेका थियौ,” उहाँले भन्नुभयो, “तर, कोरोना महामारीले श्रम बजारलाइृ प्रभावित पारेका कारण रेमिटयान्स आय पनि घट्ने देखिएको छ ।”
भिडियो कन्फ्रेसमा बोल्दै केन्द्रिय बैकको प्रवक्ता भट्टले बहुपक्षिय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो । यतिबेला विश्व बैक, एशियाली विकास बैक जस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताउनुभयो । “सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिदैनौ । तर, यतिबेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने शर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो । त्यस्तै, एआईविको सहयोगलाई पनिे परिचालन गर्न सकिने उहाँले बताउनुभयो ।
संक्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ । त्यसैले यस्तो जोखिमलाई कम गर्न हामीले हाम्रा प्राथमिकताको निर्धारण गर्नुपर्ने राष्ट्र बैकका प्रवक्ता भटट्ले बताउनुभयो । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपी हामीले बर्षेनी १ खर्ब बराबरको आधारभूत  कृषि जन्य बस्तुको आयात गरि रहेका छौ । तर, हामीले चाहयो भने यो आयातलाई व्यवस्थपन गर्न सक्छौ । “खुल्ला अर्थतन्त्रमा प्रतिस्धापन गर्न गारो हुन्छ । तर, आधारभूत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुन सकिन्छ,” उहाँले भन्नुभयो । यसबाट पनि बर्षेनी एक खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने उहाँले बताउनुभयो । यसैगरी जलविद्युत परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैकले बहुक्षिय सस्थाहरुबाट कर्जा लिएर नीजि क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने केन्द्रिय बैकका प्रवक्ता भट्टले बताउनुभयो । सहयोगी संस्थाहरु पनि यस बिषयमा सकरात्मक रहेको उहाँले बताउनुभयो । यसले नीजि क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उहाँले दाबी गर्नुभयो । कन्फेन्मा बोल्दै प्रवक्ता भट्टले पछिल्लो समयमा बैकिक क्षेत्रको ब्याजदर स्थायित्व रहेको बताउनुभयो । “अर्थतन्त्रमा स्थिर ब्याजदर महत्वपूर्ण हो । पछिल्लो एक बर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौ भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ । बचत गर्नेलाई प्रोत्साहीत गर्छ,” उहाँले भन्नुभयो ।
संक्रमण कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टले बताउनुभयो । उहाँका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, बैदेशिक लगानी, बैदेशिक सन्चितबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपपिन आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताउनुभयो । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्तव्य मुलुकमा पठाउन सक्छांै ।
कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार विचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले बताउनुभयो । श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उहाँले बताउनुभयो । त्यसैले नेपाल सरकारले कुटनीतिक छलफल बढाउनुपर्ने उहाँले बताउनुभयो । “धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिई रहेका छन् । यदि यहि अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउँनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कुटनीतिक तवरबाट नै छलफल चलाउनुपर्छ,” उहाँले भने  ।
अहिलेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवास विज्ञ नेपालले बताउनुभयो । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउँनुपर्ने उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जादा कामदारहरु वेरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।
इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । “यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,” उहाँले भन्नुभयो । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिई रहेको छ । त्यसैगरी यस्ता कामदारलाई पनि निब्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

SHARE THIS