लगानीकर्तालाई निराश बनाएर बन्द भयो सेयर सेयर बजार, ४६ अंकले ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौं । यो साताको सेयर बजार लगानीकर्तालाई निराश बनाएर बन्द भएको छ । बुधबार उच्च सुधार भएर लगानीकर्तालाई आशाको सञ्चार गरेको सेयर बजार अन्तिम दिन ओरालो लागेको हो ।
अन्तिम दिन सेयर बजार खुल्ने वित्तीकै १४३० भन्दा माथिको विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने १३७६.९७को बिन्दुमा सीमित हुन पुग्यो । कारोबारमा आएका सबै  उपसमूहका परिसूचक घटेर नै बजार बन्द भयो ।
बिहीबार नेप्से ४५.९१ अंकले घटेर १३७७.१८विन्दुमा पुगेर रोकिएको छ । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि ९.९१ अंकले घटेर २९५.५० विन्दुमा रोकिएको छ । समग्रमा नेप्से ३.२३ प्रतिशत र सेन्सेटिभ इण्डेकस ३.०२ प्रतिशतले घटेको छ । 
अघिल्लो दिन बुधबार भने नेप्से ७३.७८ अंकले बढेर १४२३.०९ को विन्दुमा पुगेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि १४.३३ अंकले उकालो लागेर ३०४.६९ को विन्दुमा पुगेको थियो । 
बिहीबार १८२ कम्पनीका ५६ लाख ८६ हजार ६८१ सेयर किनबेच हुँदा कूल दुई अर्व २० करोड ६६ लाख ६२ हजार १८२ रुपियाँको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा एक करोड ४४ लाख १९ हजार ५०८ रुपियाँले कमी हो ।
बुधबार १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा दुई अर्व २२ करोड १० लाख ८१ हजार ६९० रुपियाँको कारोबार भएका थियो ।

बिहीबार कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचक घटेर बजार बन्द भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७६.२५ अंकले र जीवन बीमा समूह २३७ अंकले घटेको छ । त्यस्तै लघुवित्त ८९.६३ अंकले, उत्पादन तथा प्रशोधन उपसमूह ७६.२५ अंकले  घटेको छ । होटल उपसमूह ९२.६७ अंकले र बैङ्किङ उपसमूह ४०.४२ अंकले ओरालो लागेको छ ।   
 कारोबारमा नेपाल लाइफकै अग्रता
ओरालो लागेको बजारमा पनि  सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको १९ करोड ८२ लाख १५ हजार ४६८ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार १८७ रहेको छ ।
त्यस्तै एनआइसी एसियाको ११ करोड ६३ लाख ८५ हजार ६८३ रुपियाँको कारोबार भएको छ । यस बाहेक एनएमबी बैङ्क नौ करोड ४१ लाख, शिवंम सिमेण्ट सात करोड ८२ लाख, हिमालयन डिष्ट्रिलरीले सात करोड सात लाखभन्दा बढीको कारोबार गरेका छन् ।
सेयर कारोबारमा अपि पावर कम्पनी अगाडि रहेको छ । कम्पनीको दुई लाख २० हजार ९९७ कित्ता सेयर कारेबार भएको छ । त्यसलाई एनएमबी बैङ्कले पछ्याएको छ । बैङ्कको दुई लाख १३ हजार ९७६ कित्ता, नेपाल बैङ्कको दुई लाख १३ हजार ४८३ कित्ता, एनआइसी एसियाको दुई लाख १० हजार १३५ कित्ता सेयर कारोबार भएको छ ।
साताको अन्तिम दिनको कारोबारबाट श्री इन्भेष्टमेण्ट फाइनान्स, १० प्रतिशत एसबीएल डिबेन्चर २०८२, दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था, राधी विद्युत कमपनी,  हिमाल दोल्खा हाइड्रोपावर कम्पनी, बोटल्र्स नेपाल (तराइ) लिका लगानीकर्ताले बढी गुमाएका छन् ।

SHARE THIS