नयाँ बचत खाता योजना ल्यायो बीओकेले





काठमाडौं । बैंक अफ काठमाडौं (बीओके) ले  ‘बीओके सहज बचत खाता’ योजना ल्याएको छ ।
बैङ्कको २५ औं वर्ष पूरा गरेको अवसरमा यस्तो योजना ल्याएको बैङ्कले जनाएको छ ।
 यो खाता २५ रुपियाँमा नै खोल्न सकिने बैङ्कले जनाएको छ ।
यस खातामा वार्षिक छ प्रतिशत ब्याजदर, त्रैमासिक ब्याज भुक्तानी, निशुल्क डेविड कार्डको ब्यवस्था, निशुल्क मोबाइल बैङ्किङको ब्यवस्था जस्ता सुविधा उपलब्ध भएको बैङ्कले जनाएको छ ।


SHARE THIS