प्रभु र प्याब्सनबीच बैंङ्किङ कारोबार सम्बन्धी सम्झौता


 
काठमाडौं । प्रभु बैङ्क र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनका बीच बैंङ्किङ कारोबार गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा  बैङ्क प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पछि एनप्याब्सनको आधिकारिक बैङ्क प्रभु हुनेछ भने यसका सदस्य विद्यालयहरुले पनि विद्यार्थीबाट संकलन गर्ने शैक्षिक शुल्क बैङ्क मार्पत् नै संकलन सक्नेछन् ।

SHARE THIS