जितपुरमा पुग्यो सिभिल बैङ्क


काठमाडौं । सिभिल बैङ्कले जितपुरमा शाखा स्थापना गरेको छ ।
 शाखाको नेपाल राष्ट्र बैङ्कका मुख्य प्रबन्धक राजनबिक्रम थापा तथा जितपुर सिमरा उप–महानगरपालिकाका  प्रमुख डा. कृष्ण्प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
 सो अवसरमा मुख्य प्रबन्धक थापाले बैङ्कको शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका जितपुर सिमरा उप–महानगरपालिकाका प्रमुख डा. पौडेलले बैङ्कले स्थानीय बासीको घरदैलो सम्म पुगी वित्तीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

SHARE THIS