खल्ती र एनआईसी एसियाबीच डिजिटल भुक्तानी सेवा सम्बन्धि सम्झौता


काठमाडौं । एनआईसी एसिया बैङ्क र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैङ्का प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र खल्तीका निर्देशक अरविन्द साहले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् । 
खल्तीका डाइरेक्टर अरविन्द साहले सम्झौता पछि बैंकबाट नगद झिकिराख्ने झन्झट नहुने बताउनुभयो ।

SHARE THIS