भ्यालेन्टाइनडेमा एनआईसीको निःशुल्क डिनर अफर

काठमाडौं । एनआईसी  एसिया बैंकले भ्यालेन्टाइनडे लक्षित गरेर होटल सोल्टीमा निःशुल्क डिनर अफर गरेको छ ।
 बैंकको मोबाइल बैंकिङ्ग एपएमओ बैंकमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइनडेको दिन निःशुल्क डिनरको अफर ल्याएको हो ।

यसअन्तर्गत माघ २८, २९ र ३० गतेसम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपमार्फत कारोबार गर्ने २० जना ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै विशेष रात्री भोज गर्न पाउनेछन् । 

त्यस्तै बैंकको एममार्फत एनटिसी र एनसेलको टप अप गर्दा तीन ३ प्रतिशत नगद फिर्ता र हरेक बुधबार दराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा पाँच सय रुपियाँ सम्मको नगद फिर्ता हुने पनि बैंकले जनाएको छ ।

SHARE THIS