इसेवामार्फत एनएलआइसीको बीमा शुल्क भुक्तानी


 
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी)को बीमा शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।
अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गर्नुभएको छ  ।
सम्झौतासँगै एनएलआइसीमा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका  २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्ति लाभान्वित हुने कम्पनीले जनाएको छ ।


SHARE THIS