कुमारीले दियो फूड फर लाईफलाईे पाँच लाख सहयोग


काठमाडौं । कुमारी बैंकले फूड फर लाईफ नेपाललाई सहयोग गरेको छ ।  न्यून आम्दानी भएका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको उक्त संस्थालाई बैंकले पाँच लाख रुपियाँ सहयोग गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैङ्कले सो सहयोग  गरेको गिरीले बताउनुभयो ।

SHARE THIS