साताको नेप्से परिसूचक बढ्यो, कारोबार घट्यो


काठमाडौँ । साताको सेयर बजार झण्डै ११ अंकले उकालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा केही संकुचन आएको छ । अघिल्लो साता कारोबार बढेर परिसूचक घटेको सेयर बजार यो साता भने परिसूचक बढेर कारोबार घटेको हो ।
यस साता एक करोड ६६ लाख ३६ हजार ५८२ कित्ता सेयरको खरीदबिक्री हुँदा छ अर्ब ७० करोड ७५ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यस सातामा कारोबार रकम ९ दशमलव २६ प्रतिशत घटेको हो ।
अघिल्लो साता पनि सेयर बजार लगानीकर्ताको मनोवैज्ञानिक विन्दुलाई कायम नै राख्न सफल भएको थियो । साताको सुरुदेखि नै बजार सामान्य ढंगले उकालो लाग्दै ‘करेक्सन’ भइनै रहे पनि लगानीकर्तालाई निराश बन्न दिएन ।
अघिल्लो साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २१.२६ अंकले उकालो लागेर १३४६.६४ को विन्दुमा पुगेर अडिएको थियो भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ४.९९ अंकले उकालो लागेर २८६.७५ विन्दुमा पुगेको थियो । 
सो दिन १७५ कम्पनीको ५३ लाख ४६ हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब सात करोड ७९ लाख ८७ हजार रुपियाँ बराबरको कारोबार भएको थियो । जुन अघिल्लो कारोबारको तुलनामा ११ करोड रुपियाँले बढी हो ।
यो साताका शुरुदेखि नै उकालो लाग्दै आएको सेयर बजार अन्तिम कारोबार दिनमा भने ओरालो लागेर बन्द भएको थियो । यद्यपि, कारोबार रकम भने अन्य दिनको तुलनामा बढेको थियो ।  बिहीबार सेयर बजार मापक नेप्से १.३९ अंकले ओरालो लागेर १३४४.५९को विन्दुमा पुगेर रोकिएको थियो भने  क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स १.३२ अंकले ओरालो लागेर २८४.२४ को विन्दुमा रोकिएको थियो । कारोबारको शुरुमा १३५४.६६ विन्दुमा पुगेरको बजार बन्द हुँदाको समयमा भने घट्न पुगेको थियो ।
पहिलो दिनको सेयर बजार मापक नेप्से परिसूचक झण्डै १४ अंकले ओरालो लाग्दा कारोबार रकममा पनि हल्का गिरावट आएको थियो ।
आइतबारको सेयर बजार मापक नेप्से परिसूचक १३.७० अंकले ओरालो लागेर १३१९.९९ को विन्दुमा पुगेर अडिएको थियो । यस दिन क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ३.०० अंकले ओरालो लागेर २८१.०४ अंकमा पुगेको थियो । समग्रमा साताको पहिलो दिनको नेप्से ०.०३ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स १.०६ प्रतिशतले ओरालो लागेको थियो ।
निरन्तर सुधारिएर झण्डै साढे १३ सयको विन्दुमा पुगेको सेयर बजारको बाटोमा अघिल्लो साताको अन्तिम दिन ब्रेक लागेको थियो । साताको अन्तिम दिनको सेयर बजार मापक नेप्से परिसूचक साढे आठ अंकले ओरालो लागेता पनि  यस दिनको कारोबार रकमले भने लगानीकर्तालाई निराश हुन दिएको थिएन ।
अन्तिम दिन १७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर कारोबार हुँदा कुल १ अर्व ७७ करोड ३८ लाख पाँच हजार ७४६ रुपियाँको कारोबार भएको छ । अघिल्लो दिन करीब डेढ अर्व रुपियाँको मात्र कारोबार भएको थियो ।

कारोबारमा आएका १२ उपसमूहमध्ये सात उपसमूहका परिसूचक बढेर कारोबार भएका छन् भने 
पाँच उपसमूहका परिसूचक घटेर बजार बन्द भएका छन् । सबैभन्दा बढी जीवन बीमा उपसमूहका परिसूचक १०२.७४ अंकले बढेको छ । त्यस्तै  त्यसलाई निर्जीवन बीमा उपसमूह (५५.९२), उत्पादन तथा प्रशोधन (३८.६६), लघुवित्त ( २९.५४), ब्यापार समूह (२३.८९) अंकले पछ्याएको छ ।
त्यस्तै होटल उपसमूह ( ३१.४३), बैङ्किङ उपसमूह (८.९४), विकास बैङ्क (८.६२), जलविद्युत् उपसमूह (३.४७) र म्युचल फण्ड (०.०५) अंकले ओरालो लागेका छन् ।
कारोबार रकमलाई हेर्दा  हिमालयन डिष्ट्रिलरी अगाडि रहेको छ । कम्पनीको १२ करोड ४६ लाख ६१४ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार ३५१ रुपियाँ रहेको छ ।
त्यस्तै अघिल्लो दिन अग्रस्थामा रहेको शिवम् सिमेण्ट साताको अन्तिम दिनको कारोबारमा भने दोस्रो स्थापनमा पुगेको छ । कम्पनीको पौने १० करोड रुपियाँको कारोबार भएको थियो । कम्पनीको अन्तिम सेयर मूल्य ५७७ रुपियाँ कायम रहेको छ । एसियन लाइफ इन्स्योरेन्सको साढे छ करोड रुपियाँ, सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट र एनआइसी एसिया बैङ्कको पाँच करोड रुपियाँ भन्दा बढी कारोबार भएको छ ।
सेयर संख्याको आधारमा भने शिवम् सिमेण्ट अगाडि रहेको छ । कम्पनीको एक लाख ६८ हजार ६३१ कित्ता, अपि पावर कम्पनीको  एक लाख २२ हजार १३४ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको एक लाख आठ हजार ९९ कित्ता र एसियन लाइफ इन्स्योरेन्सको एक लाख आठ हजार ४३ र नेपाल बैङ्कको एक लाख सात हजार ९७९ कित्ता सेयर कारोबार भएको छ ।
साताको अन्तिम दिन सबैभन्दा बढी कमाउनेहरुमा हिमालय डिष्ट्रिलरी, गनपति माइक्रोफाइनान्स वित्तीय संस्था,  राधि विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । त्यस्तै बढी गुमाउनेहरुमा नेपाल हाइड्रो डेभलपर्स, ओरेन्टल होटल लिमिटेड, कालिका पावर कम्पनी, ग्रीन डेभलपमेण्ट बैङ्क, लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् ।
यो साता पाँच दिन कारोबार भएको बजार दुई दिन घटेको थियो भने बाँकी तीन दिन बजार बढेर बन्द भएको थियो । नेप्से परिसूचक बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् ।
कम्पनीहरुले नाफामूलक वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सो कम्पनीको शेयरमूल्यमा लगानीकर्ताहरुको आकर्षणमा रहेको देखिन्छ । साथै पछिल्लो समय पूँजीबजार बिस्तार तथा सुधारका कार्यहरुले गति लिएपश्चात् भने लगानीकर्ताहरुको मनोबल बढेको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा छ कम्पनीको कुल दुई करोड ३२ लाख २५ हजार १७५ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सूचीकृत हुनेमा महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० दशमलव ९८, कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८, मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बोनस शेयर रहेको छ भने सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ दशमलव ८५ कित्ता बोनस शेयर रहेको छ । यस्तै हिमालयन डिस्टिलरीको १९ लाख २८ हजार २२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

SHARE THIS