स्वस्थ प्रतिस्पर्धासाथ लगानी विविधीकरण गर्न सुझाव


काठमाडौं अर्थ सचिव राजन खनालले पूँजीगत खर्च बढाएर बजारमा माग सृजना गर्ने, कानुनको सुधारमार्फत लगानीको वातावरण बनाउने, मूल्य अभिवृद्धिका आधारमा निर्यातकर्तालाई सहुलियत दिने विषयमा सरकार अग्रसक्रिय भएर काम गरिरहेको बताउनु भएको
नेपाल सरकारका सचिवहरुसँग नेपाल उद्योग परिसङ्घले गरेको अन्तरक्रियामा सचिव खनालले उक्त कुरा बताउनु भएको हो उहाँले आत्मनिर्भरतातर्फ उन्मुख उद्योग तथा लगानी सङ्कटमा नजाओस् भन्नेमा व्यवसायीहरुलाई स्वस्थ प्रतिस्पर्धामा जान लगानी विविधीकरण गर्न सुझाव दिनुभयो

परिसङ्घद्वारा जारी विज्ञप्ति अनुसार सरकारका तर्फबाट बजारमा माग बढाउन ठुला गेमचेन्जर परियोजनाको काम तीव्र पार्ने गरी काम भइरहेको पनि अर्थ सचिव खनालले उल्लेख गर्नुभयो
राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले समग्र आर्थिक सुधारको प्याकेज शासकीय सुधारको प्याकेज लागू गर्न सकियो भने अर्थतन्त्रको दिगो सुधार हुन सक्ने भन्दै यसका लागि मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउनु भयो
वाणिज्य सचिव वैकुण्ठ अर्यालले भारततर्फ पाम आयलको निर्यातमा अवरोध देखिनासाथ मन्त्रालयले अग्रसरता लिएर समाधानको प्रयास थालेको बताउँदै चीनतर्फको पारवहन सुविधा उपयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो निर्यातजन्य वस्तुको उत्पादन बढाउन निकासी गृह निर्माणलाई गति दिएको, बल्क कार्गोका लागि विराटनगर भैरहवा पनि खुला गरिएको तथा भारततर्फ जलमार्ग उपयोगका सम्बन्धमा छिटै सम्झौता हुने पनि सचिव अर्यालले उल्लेख गर्नुभयो
परराष्ट्र सचिव शंकरदास वैरागीले निर्यात व्यापार पर्यटन अभिवृद्धिका लागि कुटनीतिक निकायहरुलाई परिचालन गरिएको बताउनु भयो सगरमाथा संवादमार्फत ऊर्जा सम्रग विकासलाई जोडेर ग्रिन इकोनोमी निर्माणतर्फ मार्गचित्र बनाउनेतर्फ सघन सहकार्यका लागि पनि परराष्ट्र सचिवले जोड दिनुभयो
श्रम सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषमा देखिएका समस्या समाधानका लागि प्रयास भइरहेको बताउनु भयो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष २०२० सफल बनाउन निजी क्षेत्रसँग थप सहकार्य गर्ने, पर्यटन पूर्वाधारको निर्माणमा गति दिन प्रयास भइरहेको पर्यटन क्षेत्रमा हुने लगानीमा दिने सहुलियतका विषयमा छलफलमा रहेको बताउनु भयो
लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले वातावरणीय मापदण्डका नाममा निजी क्षेत्र मात्र नभएर सकारका विकास निर्माण प्रभावित भइरहेकाले यसको नीतिगत सुधारका लागि मिलेर काम गर्नु पर्ने बताउनु भयो निजी लगानीमैत्री वातावरण सृजनाका लागि अन्तर मन्त्रालय निजी क्षेत्रबीच समन्वय हुनु पर्नेमा  कार्यकारी प्रमुख अधिकारीले जोड दिनुभयो
उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले उद्योगी व्यवसायी तथा लगानीकर्ताका लागि मन्त्रालयले  सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनुभयो एकल विन्दु सेवाको प्रभावकारिता बढाउने, वातावरणीय मापदण्डमा लचकताका लागि प्रयास अन्तिम चरणमा पुगेको पनि सहसचिव शर्माले उल्लेख गर्नुभयो
छलफलको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दैै परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले सरकारको नीति कार्यान्वयन तह उद्योगी व्यवसायी बीच विश्वासको वातावरण बनाउन अन्तक्र्रिया आयोजना गरिएको बताउनु भयो निर्यात व्यापारमा देखिएका समस्या वा आन्तरिक बजारमा माग संकुचनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलाई समयमै पहिचान गरि समाधानका उपाय अघि सार्न सरकार निजी क्षेत्र मिलेर काम गर्नु पर्ने अवस्था आएको अध्यक्ष मोरले बताउनु भयो
अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्पे्ररित गर्न आवश्यक वातावरण बनाउन आग्रह गर्नु भयो परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र सार्वजनिक क्षेत्रले मिलेर काम गर्ने समय आएको, उद्योग व्यवसायमैत्री वातावरण सृजना गर्नु पर्ने, भूमि हदवन्दीमा अहिलेका गलत नीति सुधार हुनु पर्ने उद्योग क्षेत्रले अघि सारेका समस्या तत्काल सम्बोधन गर्न उदार नीति तथा नियमावली बनाउन राजनीतिक नेतृत्वलाई प्रोत्साहित गर्न सचिवहरुलाई आग्रह गर्नुभयो

SHARE THIS