वैदेशिक रोजगारमा ठगी नियन्त्रण गर्न समझदारी

काठमाडौं वैदेशिक रोजगार विभाग नेपाल प्रहरी अन्र्तगतको अपराध अनुसन्धान विभागका प्रमुखबीच आइतबार एक समझदारीपत्र (एमओयु) हस्ताक्षर भएको वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित शोषणरहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुर्नस्थापना गर्न दुई निकायका प्रमुखबीच एमओयु सम्पन्न गरिएको हो

समझदारीपत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय सहकार्य गर्दै प्रचलित कानूनको परिधिभित्र रही सूचना आदान प्रदान गर्नेवैदेशिक रोजगारीको क्रममा मानव वेचविखन जोखिमका क्षेत्र पहिल्याई सो को निवारणका लागि आफ्ना कर्मचारीलाई सक्षम गराउँदै अवश्यकता अनुसार परिचालन गर्ने उल्लेख गरिएको यस्तै  आफ्नो क्षेत्राधिकारका विषय सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्याउने तथा एकापसमा सहकार्य गर्नेवैदेशिक रोजगारीको क्रममा मानव वेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य  गर्ने वा वैदेशिक रोजगारसम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एकापसमा सहकार्य गर्ने पनि सोही समझदारीपत्रमा उल्लेख गरिएको
यस्तै समझदारी पत्रमा वैदेशिक रोजगार व्यवसायको लागि इजाजतपत्र लिएकाबाहेक अन्य व्यक्ति वा संस्थाबाट वैदेशिक रोजगार व्यवसायसम्बन्धी कार्य भइरहेको वा ठगी भएको जानकारी विभागलाई प्राप्त भएमा नजिकको श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहने गरी नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाका क्रियाकलापको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजातसहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने उल्लेख यस्तै समझदारी पत्रमा उल्लेखित उद्देश्य प्राप्तिका लागि दुवै विभागले एक ÷एक जना सम्पर्क व्यक्ति तोक्ने छन् साथै वैकल्पिक सम्पर्क अधिकृत समेत तोक्ने पनि सहमति भएको उक्त समझदारी आइतबारबाट लागू भएको पनि जानकारी गराइएको

SHARE THIS