गीतकार सागरबाबुको ‘झम झम झरी लाग्यो’ (भिडियो सहित)

  काठमाडौँ । गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ । युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको यस गीति सङ्ग्रहमा सुप्रसिद्ध गायक गायिकाको स्वर रहेको छ ।




‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोलको म्युजिक भिडियो युट्युबमा रिलिज भएको छ । यो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ । लोक शैलीको ओजपूर्ण शब्द र भाव भएको यो गीत सुन्दा जति आनन्द लाग्छ हेर्दा अझै रमाइलो छ । गीतमा बर्खाको समय र चाडपर्व (तिज) लाई मध्यनजर गरी गीत बनाईएको गायक विपिनले बताउनुभएको छ ।

‘झम झम झरी लाग्यो’ गीतमा सञ्जय श्रीपालको एरेन्ज, रामजी लामिछानेको निर्देशन तथा सुधीर श्रेष्ठ र अल्का सुवेदीको जीवन्त अभिनय रहेको छ । 



SHARE THIS