बिग सेल आयोजना गर्र्दै रिचार्जर

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुने भएको छ । जनवरी २० मा रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने जनाइएको छ ।
भ्रमण वर्ष सचिवालयको आधिकारिक ईकमर्स प्लेटफर्मसमेत रहेको रिचार्जरमा ००ः०० बजेदेखि बिगसेल चल्ने विज्ञप्तिमा उल्लेख छ । ह्याप्पी आवरअन्तर्गत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपियाँमा एक्स्क्लुसिभ अफर उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताउनु भयो । ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्तालाई बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवा पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउन्ट पनि पाउन सकिन्छने जनाइएको छ ।
भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले डोमेस्टिक टुर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफर ल्याइने जनाइएको छ ।

SHARE THIS