एनएमबि बैंक ३५ प्रतिशत लाभांश दिने


काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको शनिबार राजधानीमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
साथै साधारणसभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट  शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोनलाई नर्वाचित गरेको छ ।
हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


SHARE THIS