आईएमई जनरल इन्स्योरेन्सलाई ‘एशिया मस्ट ट्रस्टेड अवार्ड’

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड ‘एशिया मस्ट ट्रस्टेड अवार्ड २०१९’ बाट सम्मानित भएको छ । गत बुधबार अर्थात ११ डिसेम्बर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसन(आईबीसी)ले इन्स्योरेन्सलाई सो अवार्डबाट सम्मान गरिएको हो ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले अवार्ड तथा सम्मान ग्रहण गर्नुभएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ–आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साथै, नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्ष भरिनै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध पनि गर्नुभएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छोटो समयमा उचाई लिन सफल भएको कम्पनीलाई सम्मानबाट आगामी दिनमा अगाडि बढ्न उत्साहित बनाएको बताउनुभयो ।
कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

SHARE THIS