ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंकले एक अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।  बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
प्रतिइकाई एक हजार रुपियाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको बैंकले जनाएको छ । बिक्री गरिने ऋणपत्रमध्ये ४० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ६० लाख इकाई संघ÷संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
सात वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०८३ नाममा ऋणपत्र जारी गर्न लागेको बैंकले यसको  बिक्री प्रबन्धकको काम गर्नका लागि एनआइबीएल एस क्यपिटललाई जिम्मेवारी प्रदान गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्ने यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

SHARE THIS