काठमाडौं । अग्नि
ग्रुपले बागमती प्रदेशको ढुङ्ग्रेबास
सिन्धुलीमा महिन्द्राका गाडी र
ट्रयाक्टरको नयाँ बिक्री,
सेवा र पार्टपुर्जासहितको
प्रदर्शनी कक्ष स्थापना
गरेको छ । कम्पनीका अनुसार उक्त
क्षेत्रका लागि यो
पूर्ण सुविधाले सुसज्जित
आधिकारिक प्रदर्शनी कक्ष हो
।
महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरका
सबै शृङ्खलाका सवारी
साधनसहितको थ्रीएस सेटअपयुक्त प्रदर्शनी
कक्षको कमलामाई
नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री
र अग्नि ग्रुपका
प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले
संयुक्त रुपमा उद्घाटन गर्नुभयो
।
प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका
अनुसार कम्पनी उपभोक्ताको आवश्यकता
अनुसार विभिन्न शृङ्खलाका उत्पादन
उपलब्ध गराउनमा केन्द्रित छ
र महिन्द्राका सबै
बिक्री केन्द्रमा समान गुणस्तर
सेवाका कारण अधिकतम
उपभोक्ता सन्तुष्टिमा रहेका छन्
।
सिन्धुली र आसपासका
ग्राहकलाई अधिकतम सुविधा र
किफायती रूपमा कम्पनी र
यसका सबै गुणस्तरीय
सेवामा पहुँच उपलब्ध गराइ
लाभ प्रदान गर्ने
मूल उद्देश्य राखेर
यो नयाँ प्रदर्शनी
कक्ष र सेवा
केन्द्र स्थापना गरिएको कम्पनीद्वारा
जारी विज्ञप्तिमा उल्लेख
छ । उक्त
प्रदर्शनी कक्षबाट महिन्द्राका सबै
सवारी साधन, एसयूभी,
पिकअप, ट्रयाक्टरसहितका उत्पादन उपलब्ध हुनेछन्
।
सो अवसरमा कम्पनीले पाँच
दिने निःशुल्क प्रवद्र्धनात्मक
सेवा शिविर (अटोमोबाइल
डिभिजन सर्भिस क्याम्प) को
पनि घोषणा गरेको
छ । पुस
२८ देखि माघ
३ गतेसम्म चल्ने
यो शिविरअन्तर्गत उपभोक्ताले
स्पेयर पार्टस्, ल्युब र
अन्य सहायक सामग्री
(एक्सेसरिज) मा १२
प्रतिशत छुट पाउने
छन् भने निःशुल्क
श्रम खर्च (निःशुल्क
लेबर चार्ज)का
साथै उपहार पनि
पाउने छन् ।