करिब साढे १० अर्ब आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउने भएको भएको छ ।
सरकारलाई आवश्यक रकम जुटाउन भन्दै केन्द्रीय बैंकले ट्रेजरी बिल बिक्रीबाट १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।


१० अर्ब २३ करोड रुपियाँ बराबरको ट्रेजरी बील बिक्री गर्न लागेको राष्ट्र बैंकले मङ्सिर ३० गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकमको ट्रेजरी बील बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बील मध्ये ९१ दिन अवधिको आगामी चैत ४ गते परिपक्व हुने भएको छ भने ३६४ दिन अवधिको २०७७ मङ्सिर ३० गते परिपक्क हुने भएको छ ।
बोलकबोल मार्फत बिक्री गर्न लागिएको ट्रेजरी बीलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बीडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । पुस १ गते मंगलबार जारी हुने ट्रेजरी बीलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्ने भएका छन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसअघि मङ्सिर २३ गते पनि ९१ दिन अवधिको दुई अर्ब २६ करोड रुपियाँको ट्रेजरी बील बिक्री गरेको थियो । जसमा १.३०७९ औषत डिस्काउन्ट दर कायम भएको थियो ।
ट्रेजरी बील एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गर्दै आएको छ ।


SHARE THIS