लगानीकर्तालाई तालिम दिंदै बोर्ड

काठमाडौं । पछिल्लो समय सेयर बजारमा जनचेतनाको अभाव रहेको गुनासो आइरहेका बेला धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तालिम आयोजना हुने भएको छ ।
सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्तालाई  निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । बोर्डले प्रत्येक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तालिम बोर्डको जावलाखेलस्थित कार्यालयमा आयोजना गर्न लागेको हो ।
तालिममा सहभागी हुन इच्छुक सर्वसाधारण लगानीकर्ताहरुले माघ ८ गते भित्र बोर्डको कार्यालयमा  नाम दर्ता गर्न सूचनामार्फत आग्रह गरेको छ । तालिममा सहभागी हुन फोन र इमेल मार्फत नाम दर्ता गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डको नीति, अनुसन्धान तथा योजना महाशाखाले दिने तालिम बोर्डकै सभाहलमा माघ १० गते  दिनको १ः३० बजे तालिम आयोजना गरिने जनाएको छ ।


SHARE THIS