अन्तर्राष्ट्रिय कलको पल्स दर परिमार्जन गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि परिमार्जन गरेको छ । अब विभिन्न ५६ देशमा गरिने कलमा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ ।

टेलिकमले फोन तथा मोबाइल सेवामार्फत गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कम्पनीका अनुसार अब इन्टरनेशनल एक्सेस कोड ००९, १४२४, १४२५ र १४२८ प्रयोग गरी विभिन्न देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिअनुसार लागू गरिएको नयाँ व्यवस्था जेठ १ शुक्रबारदेखि कार्यान्वयनमा आउने टेलिकमले जनाएको छ ।

नयाँ व्यवस्था अन्तरगत अङ्गोला, अल्जेरिया, अमेरिकन सामोआ, अजरबैजान, बहामास, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, मेक्सिको, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, टर्की, भियतनामलगायत ५६ देशमा गरिने कलमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

टेलिकमले अन्तर्राष्ट्रिय कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको उल्लेख गर्दै एक्सेस कोड डायल गरेपछि कन्ट्री कोड र त्यसपछि सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने जनाएको छ ।


SHARE THIS