आइतबार र सोमबार राजधानीमा पाँचौ लघुवित्त सदस्य सम्मेलन : लघुवित्तका उपलब्धी, समस्या र चुनौतिबारे छलफल हुने

काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार -चैत ८ र ९ गते) काठमाडौंमा पाँचौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।

नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी पाँच सय जना भन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

…उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँÚ भन्ने नारा सहित दुई  दिनसम्म चल्ने सम्मेलन अन्तरगत सात ओटा शत्रमा लघुवित्तका विविध आयामहरुमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । जसअन्तरगत …लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुराÚ, …लघुवित्तको वर्तमान अवस्था, चुनौति र अवसरÚ, …सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रमÚ, …लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापनÚ, …लघुवित्तमा प्रविधिको प्रयोग, चुनौति र सावधानीका उपायÚ, …युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्तÚ र …लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिकाÚ विषयमा छलफल हुनेछ ।

विश्वका १७७ ओटा देशहरुमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरुको सम्मेलन नेपाल एकमात्र देश रहेको पत्रकार सम्मेलनमा  स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभयो । …लघुवित्तका नीति निर्माता तथा नियामकहरुको सहभागितामा विश्व सम्मेलन, क्षेत्रिय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छÚ उहाँले भन्नुभयो, …सदस्यहरुलाई सहभागिता गराई उनीहरुको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।Ú सदस्यहरु नै लघुवित्तको अभिन्न अंग भएको र उनीहरुलाई केन्द्रविन्दुमा राखी सम्मेलन हुँदै आएको उहाँको भनाइ छ ।

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । æउद्यमशीलताको विकास, गरिबी निवारणको निकासÆ नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, æस्वच्छ लघुवित्त, हाम्रो अभियानÆ नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र æघरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँÆ भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा र …स्वस्थ लघुवित्त, समृद्ध सदस्यÚ नारासहित चौथो सम्मेलन २०८० सालमा सम्पन्न भएको थियो ।

गरिबी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता बृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुले भूमिका खेल्दै आएका छन् । लघुवित्तले चुलोचौकोमा सीमित महिलाहरुलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको बच्चाहरुलाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरणहरु रहेको श्रेष्ठले बताउनुभयो । तर, सरकारले लघुवित्त संस्थाहरुलाई कम्पनी मोडलमा रुपान्तरण गरी …घÚ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने होडबाजी चलेको, यसका लागि आवश्यक्ता भन्दा बढी ऋण दिदा विकृति बढाएको समेत उहाँले बताउनुभयो । अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काचुली फेर्ने उहाँले दाबी गर्नुभयो ।

विकासको मुख्य शक्ति युवा वर्गमा सिर्जनात्मकता, ऊर्जा, शिक्षा र सीपको ठूलो सम्भावना भएपनि पर्याप्त स्वरोजगार अवसर नहुँदा धेरै युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । अब लघुवित्त संस्थाहरुले युवाहरुलाई स्वरोजगार बनाउन काम गर्नुपर्ने त्यो लघुवित्त कार्यक्रमका लागि नयाँ आयाम हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । …अब लघुवित्तहरुले युवाहरुलाई लक्षित गरेर आफ्नो कार्यक्रम अघि बढाउन केन्द्रीत हुनुपर्छÚ उहाँले भन्नुभयो, …त्यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशिलतामै केन्द्रीत गरेका छौं ।Ú

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन् । लघुवित्तहरुले वित्तीय सेवाका अलावा …क्रेडिट प्लसÚ को सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन् । यस्तै …थ्रि जिरोÚ अवधारणा अन्र्तगत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्य सहित युवाहरुको क्लव गठन गरी काम गरिरहेको छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्ममा ५२ ओटा लघुवित्त वित्तीय संस्थाहरुले देशभर पाँच हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ ।

२७ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ९५ अब भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।


SHARE THIS