काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १० जनाले आवेदन दिएका छन् ।
अर्थमन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।
नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाई, विमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त वश्याल, मुकुन्द राज जोशीको सीईओका लागि आवेदन परेको छ ।
सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।