काठमाडौँ । दैनिक नयाँ नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताहरु बिक्री गर्नेतर्फ केन्द्रित हुँदा परिसूचकमा ३५ अंकको गिरावट आएको छ भने कारोबार रकम भने २८ अर्बमाथि कायम भएको छ ।
आइतबार नेप्से ३४.४७ अङ्कले ओरालो लागेर २९६६.३३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.६५ अङ्कले ओरालो लागेर ५२८.८५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो दिनको नेप्से १.१४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.२४ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार ३३० कम्पनीको छ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर तीन लाख ९१८ पटक खरिद बिव्रmी हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब १२ करोड रुपियाँले कमी हो ।
पहिलो दिन ८२ करोड १४ लाख ८१ हजार १३५ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ७८ करोड ७६ लाख ५१ हजार ९३३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा कारोबारमा आएका बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह बाहेक बाँकी नौ उपसमूहको परिसूचक ओरालो लागेको छ ।