ग्रील तथा स्टील व्यवसायीहरुको काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुको काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

आगामी चैत १४ र १५ गते हुने दुई दिने फुटबल प्रतियोगितामा काठमाडौंका ग्रील तथा स्टील व्यवसायीहरु सहभागी हुँदैछन् ।

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुन लागेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

काठमाडौंको कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा यहि चैत्र १४ र १५ गते अर्थात मङ्गलबार र बुधबार फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले राजधानीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं पुर्वी क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको सभापतित्व रहेको थियो भने पुर्वी क्षेत्रका रामकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई ग्रील तथा स्टील व्यवसायीहरुको महोत्सव र पर्वको रुपमा लिएको भन्दै कार्यक्रमलाई भब्य र सभ्यताका साथ सफल पार्न सबै व्यवसायीहरुको कर्तव्य ठानेर सफल पार्नेतर्फ  लाग्न आग्रह गर्नुभयो । सधै काममै व्यस्त रहने व्यवसायीहरुको सुख र दुःख आदानप्रदान गर्ने अवसरका रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई लिइएको उहाँको भनाई थियो ।

प्रतियोगिताका लागि महासंघको तर्फबाट आवश्यक परेका बखत सहयोग र सहकार्य गर्न महासंघ तयार रहेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई सक्रिय सहभागिता जनाउन पनि महासंघका महासचिव श्रेष्ठले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी टिमका व्यवस्थापक तथा टिम लिडर, अतिथि, कार्यक्रम व्यवस्थापक र मुख्य रेफ्रीको रोहबरमा चिठ्ठा र गोला प्रथाबाट प्रतियोगिताको टाईसिट बनाइएको थियो ।

पत्रकार सम्मेलनमा ग्रील तथा स्टील ब्यवसायी महासंघका पधादिकारी, काठमाडौं जिल्लाका पदाधिकारी क्षेत्रीय अध्यक्ष तथा इकाई समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइने हुँदा जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न हुने प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगिताको पुर्ण व्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिने तथा प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गर्ने निर्णय गरिएको आयोजक संस्थाले बताएको छ ।





SHARE THIS