नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध

काठमाडौँ / नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध रहेको बताउनुभएको छ ।

असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपालु (एरी नेपाल)को काठमाडौंमा  आयोजना गरिएको पाँचौँ वार्षिक साधारणसभा र सम्मेलनमा उहाँले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध र अष्ट्रेलियन एजुकेशनको नेपाल र नेपालीलाई सकारात्मक प्रभाव पारेको पनि बताउनुभयो ।

कार्यक्रममा एरी नेपालका अध्यक्ष महेश बाबु तिमाल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिलाई अनुबन्धित गर्दै आफ्नो प्रस्तुती दिनुभएको थियो ।

प्रस्तुतिमा विश्वस्तरीय अस्ट्रेलियाली शैक्षिक प्रणाली र यसले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा जुममार्फत् जोडिँदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले पाँचौँ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गर्नुभयो ।

अष्ट्रेलियन हाई कमिसन न्यू दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नती र द्विपक्षीय सम्बन्धबारेमा प्रकाश पार्दै एरी नेपालको पाँचौँ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गर्नु भयो ।

अष्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरूका लागि मार्गनिर्देशन विषयक प्यानल डिस्कसनसमेत आयोजना गरीएको थियो ।

प्यानल डिस्कसनको मोड्रेसन एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माले सञ्चालन गर्नुभएको थियो । प्यानल डिस्कसनमा प्यानलीष्टको रूपमा उज्ज्वल श्रेष्ठ (पन्चाकन्या ग्रुपका कार्यकारी निर्देशक), सम्बृद्धि ज्ञवाली (नेपाल रिपब्लीक मिडिया), अनन्त पौड्याल (आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक) र खेम लकाई (गेट कलेजका संस्थापक) हरूले आफ्नो धारण व्यक्त गर्नु भएको थियो । छलफलमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा गहिरो प्रभावका बारेमा छलफल गरिएको थियो ।



SHARE THIS