सर्वसाधारणका लागि सेयर जारी गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ ।

गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।
प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रव्रिmया अगाडि बढाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

SHARE THIS