एघार महिनामा कुल आन्तरिक कर्जा ६.९ र निक्षेप परिचालन ८.८ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल आन्तरिक कर्जा ६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.४ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङ्कमा आधारित ं देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा यस्तो कर्जा ८.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी २.८ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ जेठ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३५.१ प्रतिशतले बढेकोमा २०८० जेठ मसान्तमा यस्तो दाबी ५४.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५.० प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.६ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन ८.८ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४४५ अर्ब १३ करोड रुपियाँ (८.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २६६ अर्ब रुपियाँ (५.७ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ३.४ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५७ अर्ब ३६ करोड रुपियाँ (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५५२ अर्ब ७१ करोड रुपियाँ (१३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरुको ०.९ प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.० प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ७.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६७.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ७.२ प्रतिशतले र हायर पर्चेज कर्जा १३.० प्रतिशतले घटेको छ ।


SHARE THIS