लुम्बिनी प्रदेशको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत हिस्सा हुने अनुमान

काठमाडौँ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत हिस्सा हुने अनुमान रहेको एक अध्ययनले देखाएको छ । गत आर्थिक वर्षमा लुम्बिनीको कुल ग्रार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा रहेको थियो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयद्घारा प्रकाशित आर्थिक वर्ष २०७९/८० मा आधारीत प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश अर्ध–वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक बृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षमा ५.०३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको हिस्सा क्रमशः १७.५ प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान रहेको छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान रहेको छ । यसैगरी, देशभित्र बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेपमा ८.४१ प्रतिशत हिस्सा सहित यो प्रदेश निक्षेप संकलनमा दोस्रो ठूलो र कर्जा प्रवाहमा ११.२८ प्रतिशत हिस्सा सहित तेस्रा ठूलो प्रदेशको रुपमा रहेको छ ।

समीक्षा अवधिमा फलफूल तथा तरकारी उत्पादनमा बृद्धि हुनुको साथै भारत र तेस्रो मुलुकबाट पर्यटक आगमन तथा होटल व्यवसायहरुमा सामान्य सुधार भएको सो अध्ययनमा देखिएको छ ।

कृषि क्षेत्रमा -हास

समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा ०.०८ प्रतिशतले ¥हास आएको छ । खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल मध्ये मकै, गहुँ, फापर, आलु, भटमास र तेलहन बालीले ढाकेको क्षेत्रफलमा बृद्धि भएको छ भने धान, कोदो, जौ, उखु र दलहनको क्षेत्रफलमा -हास आएको छ ।

समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा समग्र खाद्य तथा अन्य बालीको उत्पादनमा ७.१६ प्रतिशतले बृद्धि भएको छ । खाद्य तथा अन्य बालीकोकुल उत्पादनमध्ये धान, मकै, जौ, आलु, भटमास र दलहन बालीको उत्पादनमा बृद्धि भएको छ भने गहुँ, फापर, कोदो र तेलहनको उत्पादनमा ¥हास आएको छ । समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल ३.६३ प्रतिशत र उत्पादन ७.०९ प्रतिशतले बृद्धि भएको छ भने फलपूmल बालीले ढाकेको क्षेत्रफल ४.६३ प्रतिशत र उत्पादन १८.१६ प्रतिशतले बृद्धि भएको छ ।

फलफूलले ढाकेको क्षेत्रफल मध्ये केरा, स्याउ र अन्य फलफूलले ढाकेको क्षेत्रफलमा बृद्धि भएको छ भने सुन्तला र आँपले ढाकेको क्षेत्रफलमा -हास आएको छ । समीक्षा अवधिमा मसलाले ढाकेको क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतले बृद्धि भएको छ भने उत्पादन १३.०३ प्रतिशतले बृद्धि भएको छ ।

दूध, मासु र माछा उत्पादनमा -हास

समीक्षा अवधिमा लुम्बिनी प्रदेशमा पशुपन्छी उत्पादन मध्ये दूध उत्पादन ८.२८ प्रतिशत, मासु ११.६५ प्रतिशत र माछा उत्पादन ६.०५ प्रतिशतले -हास आएको छ । समीक्षा अवधिमा वनजन्य उत्पादन अन्तरगत काठ उत्पादन १९.५८ प्रतिशत, दाउरा उत्पादन २१.६९ प्रतिशतले, औषधीजन्य वस्तु उत्पादन १.२१ प्रतिशतले ¥हास आएको छ भने अन्य उत्पादन १२२.५९ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल खेती गरिएको क्षेत्रफलको ३७.४७ प्रतिशत हिस्सा सिँचित भएको छ । सिँचित क्षेत्रफल गत वर्षको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले बृद्धि भई दुई लाख पाँच हजार तीन सय ३४.५ हेक्टर पुगेको छ ।

कृषि कर्जामा ११.९८ प्रतिशतले बृद्धि

समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा ११.९८ प्रतिशतले बृद्धि भई ५२ अर्ब ७६ करोड ८३ लाख रुपियाँ पुगेको छ भने कुल कर्जामा कृषि कर्जाको हिस्सा ९.६२ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा यस प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४२.३३ प्रतिशत रहेको छ भने गत वर्षको सोही अवधिमा यस्ता उद्योगहरुको औसत क्षमता उपयोग ४९.२२ प्रतिशत रहेको थियो ।

विशेष गरी, ड्राई सिरप, बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जि.आई पाईप, औषधिजन्य उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा समग्र उद्योगको औषत क्षमता उपयोगमा केही ह्रास आएको छ ।

समीक्षा अवधिमा रोजिन उत्पादन ३०.६६ प्रतिशतले, कागज उत्पादन ३०.५९ प्रतिशतले र लिक्विड उत्पादन ८.१८ प्रतिशतले बृद्धि भएतापनि आल्मुनियम उत्पादन ६५.४७ प्रतिशत, चामल उत्पादन ५८.७९ प्रतिशत, सिमेन्ट उत्पादन ५४.०९ प्रतिशत कंक्रीट उत्पादन ५२.०९ प्रतिशत, बिजुलीका तार र केबुल ४८.६४ प्रतिशत, गहुँको पिठो ३६.६६ प्रतिशत, त्बदभित उत्पादन २९.३९ प्रतिशत, चाउचाउको उत्पादन १६.५९ प्रतिशत, म्चथ क्थचगउ उत्पादन १९.४९ प्रतिशत, मदिरा उत्पादन १०.९५ प्रतिशत, क्यापसुल उत्पादन १०.३३ प्रतिशत र आइन्टमेन्ट उत्पादन ९.८८ प्रतिशतले ¥हास आएको छ ।

समीक्षा अवधिमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ६.०९ प्रतिशतले बृद्धि भई एक खर्ब २६ अर्ब तीन करोड ८१ लाख रुपियाँ पुगेको छ भने कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.९१ प्रतिशत रहेको छ ।

सेवा क्षेत्र सुधारोन्मुख

लुम्बिनी प्रदेशमा कोभिड–१९ को असहज परिस्थितिका कारण मारमा परेको पर्यटन क्षेत्र क्रमिक रुपमा सुधारोन्मुख रहेको छ भने होटलहरुको निर्माण कार्य बढेसँगै शैया सङ्ख्याको बृद्धि तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाले पर्यटकहरुको आवागमनको अवस्था पनि विगतका वर्षहरुको तुलनामा सुधार हुदै गएको सो अध्ययनमा देखिएको छ ।

समीक्षा अवधिमा नमूना छनौटमा समेटिएका होटलहरुको शैया सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १५.७३ प्रतिशतले बृद्धि भएको छ । यसैगरी, कोठा÷शैया बिक्री सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ६.६१ प्रतिशतले बृद्धि भएको छ भने होटल शैया सङ्ख्यामा भएको बृद्धिको कारण अकुपेन्सी दर गत वर्षको सोही अवधिको तुलनामा ७.८८ प्रतिशतले -हास भएको देखिएको छ । रोजगारी २०.८१ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

घरजग्गा रजिष्ट्रेशनमा -हास

समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३७.६२ प्रतिशतले ¥हास आई घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजश्व समेत गत वर्षको सोही अवधिको तुलनामा ८४.०७ प्रतिशतले न्यून भएको छ ।

२०७९ पुस मसान्तसम्म यस प्रदेशमा क वर्गको ७४९, ख वर्गको २५७, ग वर्गको ४६ र घ वर्गको ११६७ गरी जम्मा २२१९ वटा बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्चालनमा रहेका छन् । यस प्रदेशमा वाणिज्य बैंकहरुले २५४ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराएका छन् ।

२०७९ पुस मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुमा ४४ लाख ७१ हजार ३०२ मोबाईल बैंकिङ सेवा र दुई लाख ६५ हजार ४०२ ईन्टरनेट बैंकिङ सेवा दर्ता भएका छन् । समीक्षा अवधिमा यस प्रदेशमा कुल निक्षेप १.१६ प्रतिशत र कर्जा प्रवाह ०.३५ प्रतिशतले बृद्धि भएको छ भने कर्जा÷निक्षेप अनुपात १२७.२४ प्रतिशत रहेको छ । प्रवाहित कुल कर्जामा विपन्न वर्ग कर्जाको ७.३१ प्रतिशत र सहुलियतपूर्ण कर्जाको ५.६ प्रतिशत हिस्सा रहेको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल सेवा कर्जा गत वर्षको सोही अवधिको तुलनामा ८.१२ प्रतिशतले बृद्धि भएको छ भने कुल कर्जामा सेवा क्षेत्र कर्जाको ३७.०७ प्रतिशत हिस्सा रहेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा कुल सवारी साधन सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधिमा नमूना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पँुजी ६.६९ प्रतिशत, बचत परिचालन ०.८३ प्रतिशत, कुल ऋण प्रवाह १.८५ प्रतिशतले र सदस्य सङ्ख्या ७.७३ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधिमा परिवत्र्य विदेशी मुद्रा खरिदमा बृद्धि भएको छ भने भारतीय मुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ८०.४५ प्रतिशतले -हास भएको छ ।

पूर्वाधार क्षेत्रमा प्रगति

राष्ट्रिय गौरवका आयोजना अन्तरगत लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा निर्माण भइरहेको बबई सिँचाइ आयोजनामा आर्थिक वर्ष २०७९/८० कोविनियोजन बजेट एक अर्ब ५२ करोड ८४ लाख मध्ये २०७९ पुस मसान्तसम्म ४८ करोड १६ लाख खर्च भएको छ ।

बाँके जिल्लामा अवस्थित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ८८ करोड ६८ लाख बजेट विनियोजन भएकोमा २०७९ पुस मसान्तसम्म ३७ करोड २० लाख रुपियाँ खर्च भएको छ ।

बुटवल–पाल्पा सडक खण्डमा निर्माण हुन लागेको सिद्धबाबा सुरुङ मार्ग मिति २०७८/११/२५ मा ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको अध्यननमा उल्लेख छ । गुल्मी जिल्लामा रेसुङ्गा विमानस्थल तथा रुपन्देही जिल्लामा लुम्बिनी केवलकारको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् भने अर्घाखाँची जिल्लामा अर्घा—भगवती विमानस्थल, रुपन्देही जिल्लामा मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव कोरिडोर सडक, सिद्धार्थ केवलकार र बाँके जिल्लामा नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढिरहेको सो अध्ययनमा उल्लेख छ ।


SHARE THIS