कृषि विकास बैंकको सीइओमा गुरुङ नियूक्त

काठमाडौँ । कृषि बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठित उपसमितिको सिफारीसका आधारमा बैंक सञ्चालक समितिले गुरुङलाई चार वर्ष कार्य अवधीका लागि बैंकको सीइओ पदमा नियूक्ति गरेको हो ।

नवनियूक्त प्रमुख कार्यकारी अधिकृत विगतमा सिभिल बैंक लिमिटेड र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहि सक्नु भएका गुरुङसँग बैकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ ।

कार्यन्वयनमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नवनियूक्त बैंकका सीइओ गुरुङलाई बैंक सञ्चालक समितिका अध्यक्ष समक्ष सपथ ग्रहण गराउनुपर्ने प्रावधान अनुसार सञ्चालक समिति बैठकका अध्यक्ष सुमन दाहालले सपथ ग्रहण गराउनुभयो ।


SHARE THIS