नेपाल टेलिकमले निर्वाचन अफर

काठमाडौँ  । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ ।

कम्पनीले निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ ।

अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तरगत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपियाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा  ४९ रुपियाँमा उपलब्ध हुने यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर आइतबारदेखि शुरु भएर आगामी मङ्सिर ११ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।


SHARE THIS