हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । फरका लागि मङ्गलबार प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा सम्झौता भएको छ । योजना अन्तरगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यसै गरी क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफर अन्तरगत रोडहाउस पिजा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । योजनाबाट लाभ लिन हितग्राहीले चेकआउट  या बील भुक्तानी गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्ने क्यापिटलले जनाएको छ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


SHARE THIS