सानिमाको मोबाइल बैंकिङ चलाउन नि:शुल्क इन्टरनेट

काठमाडौँ । सानिमा बैंकले आफना ग्राहकहरुलाई “नो डाटा, नो प्रबलम” योजना अन्तरगत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न नि:शुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।

योजना अन्तरगत नेपाल टेलिकम वा एनसेल सीम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न नि:शुल्क इन्टरनेट डाटा पाउने भएका छन् । मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बील भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित नि:शुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने बैंकले जनाएको छ । योजना सोमबारदेखि लागू हुने बैंकले जनाएको छ ।


SHARE THIS