नेपाल बैंकको डबल धमाका मुद्दती खाता

काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यो मुद्दती खातामा लगानी गरेको रकम छ बर्ष चार महिना २० दिनमा दुई गुणा हुने बैंकले जनाएको छ । संस्थाको हकमा सात बर्ष चार महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना दुई दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरेको बैंकले जनाएको छ । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।


SHARE THIS