सामान्य सुधारिएको सेयर बजारमा झण्डै १६ अर्बको कारोबार

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले गिरावट आएको सेयर बजारमा साताको दोस्रो दिन सामान्य सुधार आएको छ ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५.७२ अंकले उकालो लागेर ३१६०.०५ को विन्दुमा पुगेर रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ३.५६ अंकले उकालो लागेर ५९२.९३ को विन्दुमा पुगेर रोकिएको छ ।

समग्रमा दोस्रो दिनको नेप्से ०.१८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले उकालो  लागेको छ ।

साताको पहिलो कारोबार दिनको सेयर बजारमा दोहोरो अङ्कको गिरावट आउँदा काराबार रकममा भने रेकर्ड ब्रेक भएको थियो । आइतबार नेप्से परिसूचक २४ अंकभन्दा बढीले ओरालो लाग्दा कारोबार रकम भने साढे २१ अर्बमाथि लागेको थियो ।

पहिलो दिन नेप्से परिसूचक २४.५७ अंकले ओरालो लागेर ३१५४.३३ को विन्दुमा पुगेर रोकिएको थियो  भने सेन्सेटिभ इन्डेक्स १.९० अंकले ओरालो लागेर ५८९.२८ को विन्दुमा पुगेर रोकिएको थियो ।

समग्रमा पहिलो दिनको नेप्से ०.७७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबार २२७ कम्पनीहरुको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर एक लाख ५९ हजार ९३ पटक खरिद बिक्री हुँदा १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनकोे तुलनामा पाँच अर्ब ७१ करोड रुपियाँले कमी हो ।

सोमबार नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै ७४ करोड रुपियाँ बराबरको सेयर कारोबार भएर अगाडि रहेको छ । नेपाल बैंकको ६४ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको ५४ करोड ८४ लाख, ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख र अपि पावरको ४७ करोड ९७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सात उपसमूहको सूचकमा सुधार आएको छ भने छ वटा उपसमूहको सूचक घटेको छ । सोमबार उत्पादन तथा प्रशोधन सर्वाधिक २.२८ प्रतिशतले सुधारिएको छ भने बैंकिङ उपसमूह ०.५४ प्रतिशतले घटेको छ ।


SHARE THIS