राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेल

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसक्नुभएको छ ।

बैठकले डा‍. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त गरेको छ । गुरुङ र फुयाल यसअघि पनि सदस्य हुनुहुन्थ्यो ।


SHARE THIS