चालु खाता घाटामा, शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा चालु खाता ४९ अर्ब ५३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को छ महिनाको तथ्याङ्कमा आधारीत देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार सो अवधिमा पूँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई छ अर्ब ८५ करोड रुपियाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई सात अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी  १२ अर्ब २० करोड रहेको थियो ।

सो अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।


SHARE THIS