नख्खु क्षेत्रमा पनि शुरु भयो क्यूआरमार्फत नगद रहित कारोबार

काठमाडौं । ग्लोबल आइएमई बंैक लिमिटेडले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नगद रहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


SHARE THIS