बीओकेले सेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको तीन प्रतिशतका दरले नगद लाभांश दिंदै

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले आफ्ना सेयरधनीहरुलाई  १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ ।

बैंकको सोमबार राजधानीमा बसेको २६ औं वार्षिक साधारणसभाले २०७६÷७७ सम्मको संचित मुनाफाबाट २०७६ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको तीन प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 


SHARE THIS