रेमिट्यान्स आप्रवाह दश महिनामा ६.१ प्रतिशतले खुम्च्यो


काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को दश महिनामा रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले कमी आई रु.६८० अर्ब ८४ करोड कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो । ज्ञछ। समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु.७७२ अर्ब ५१ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।
विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढ्योआर्थिक वर्ष २०७६/७७ को १० महिनामा विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. १२० अर्ब ९० करोड (१२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.६८ अर्ब २० करोड (६.५ प्रतिशत) ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा सञ्चित मुद्रा ४.३ प्रतिशतले बढेको छ ।

SHARE THIS