सिभिल बैंकको शाखा सुनवलमा


काठमाडौँ ।  सिभिल बैंक लिमिटेडले नवलपरासीको सुनवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  
बैंक सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सुनवल शाखाको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा सञ्चालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरियो । 
सो फ्रिज सिभिल बैंक सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले सो क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलबध गराउने प्रतिवद्धता जनाउनुभयो ।

SHARE THIS