ईसेवा र सिटिजन्स बैंक बीच सम्झौता




काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनि ट्रान्सफर बीच विप्रेषण रकम भुक्तानी दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता बमोजिम ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ ।

 यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

SHARE THIS