आइएमई ट्राभल्सले ल्यायो वार्षिकोत्सवका अवसरमा सेवाग्राही मुखी योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न सेवा ग्राही मुखी योजना ल्याएको छ । 
योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुविधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्नेमध्येबाट एक जनालाई सोही अनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइने छ ।

उक्त योजना यहीं फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुने जनाइएको छ ।
सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव मनाइएको जनाइएको छ  ।
उक्त्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायीलाई राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ विशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।
आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनासाथ आगामी बढ्ने कुरा जनाउनु भयो ।

SHARE THIS