सानिमा बैङ्कले ल्यायो विपन्न नारी सहयोग योजना


 
काठमाडौं । सानिमा बैङ्कले हरेक नारी बचत खातावापत बैङ्कको तर्फबाट एक रुपियाँ विपन्न नारीको लागि उपयोग गर्ने योजना ल्याएको छ ।
बैङ्कले बचत आफ्नो लागि सहयोग नारीको लागि भन्ने नाराको साथ यस्तो योजना ल्याएको हो ।
यस योजनामा हरेक नारी बचत खाता वापत बैङ्कले आफ्नो तर्फबाट मासिक रुपमा एक रुपियाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने जनाएको छ ।
यस योजनाले विपन्न वर्गका महिलाको उत्थानमा सहयोग पुग्ने विश्वास बैङ्कले गरेको छ । 

SHARE THIS