टेलिभिजन खरिदमा एनआईसीका ग्राहकलाई विशेष छुट



काठमाडौं ।  एनआईसी एशिया बैङ्क र नेपा हिमा ट्रेड लिंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैङ्कका ग्राहकहरुलाई सोनीका आउटलेट तथा केही आधिकारिक बिक्रेताबाट सोनी ब्राभिआ टेलिभिजनको खरिदमा विशेष  छुट प्रदान  गरिनेछ ।
  सम्झौतामा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गर्नुभएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैङ्कको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ सेवा बैंकको सीओएस र क्यूआर प्रयोग गरि सोनी ब्राभिआ खरिद गर्दा  १० प्रतिशत वा अधिकतम दुई हजार रुपियाँसम्मको छूट उपलब्ध हुने छ । 
यो योजना आगामी २९ गतेसम्म लागू हुने  बैङ्कले जनाएको छ ।

SHARE THIS