नगदरहित सवारी साधन मर्मत गर्ने सम्बन्धी सम्झौता


 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदि टे«डिङबीच बीमितहरुलाई नगदरहित सवारी साधन मर्मत सम्भार गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सिप्रदि टे«डिङले बिक्री गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि टे«डिङको देशभरका  आधिकारिक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरणसम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सबाट भुक्तानी हुनेछ ।

 सम्झौतापत्रमा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री र सिप्रदि टे«डिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर  गर्नुभएको थियो ।

SHARE THIS