सिप्रदि र सिद्धार्थ ईन्स्योरेन्स बीच सम्झौता


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र सिप्रदी टे«डिङबीच बीमितहरुलाई नगदरहित सवारी साधनमर्मत सम्भार गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सिप्रदिले बिक्री गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधन क्षति भई मर्मत गर्नु परेमा सिप्रदि टे«डिङको देशभरका आधिकारिक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सबाट भुक्तानी  हुने जनाएको छ । 
सम्झौतापत्रमा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री र सिप्रदि टे«डिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर  गर्नुभएको थियो ।

SHARE THIS